एआई रोबोट सार्वजनिक, लाखौं जनशक्ति विस्तापित हुन सक्ने।

एआई रोबोट सार्वजनिक, लाखौं जनशक्ति विस्तापित हुन सक्ने।

Last updated on Mar 16, 2024

एआई रोबोट सार्वजनिक, लाखौं जनशक्ति विस्तापित हुन सक्ने।

स्टार्टप कम्पनि 'फिगर' कम्पनिले मावनयन्त्र (हुमनाइड) रोबोट सार्वजनिक गरेको छ। ओपेन एआईको च्याटजिपिटीसंग सहकार्यमा यस कम्पनिले "फिगर ०१" नामक रोबोट सार्वजनिक गरेको हो। मानिस जस्तै बोल्न र काम गर्न सक्ने क्षमता रहेको तथा यस हुमनाइडलाई घर तथा कार्यालयका साना तिना निरन्तर गरि राख्नु पर्ने काममा प्रयोग गर्न सकिने गरि निर्माण गरिएको भनि यस कम्पनिले बताएको छ।

फिगर कम्पनिमा माइक्रोसप्ट, ओपेन एआई, अमेजन लगायतका ठुला कम्पनि र लगानीचर्ताहरूको लगानी रहेको देखिएको छ। सार्वजनिक कार्यक्रममा रोबोट र प्रस्तुतिकर्ता बिच सम्बाद भएको देखियो। जसमा प्रस्तुतिकर्ताले एउटा स्याउ देखाउने उक्त स्याउ माँगे र प्रतिउत्तरमा रोबोटले यो स्याउ हो र स्याउ टिपेर दिए। साथै अन्य बस्तुहरूका बारेमा पनि विशलेष गर्दै गरेको देखिन्छ

यस अविष्कारले आउने दिनमा अनावश्यक कार्यमा मानिसलाई प्रयोग भन्दा यस प्रकारको रोबोटको प्रयोग बढ्ने जसले गर्दा लाखौं रोजगारहरू विस्थापित हुने पनि देखिन्छ। साथै खतरनाक ठाउँमा यस्ता रोबोट प्रयोग गरि काम गराउन पनि सकिने देखिन्छ।

फिगर कम्पनिले यस्ता रोबोटलाई कहिले सम्म बजारिकरण गर्ने बारे केहि जानकारी भने उक्त कार्यक्रममा दिएन्। तर विशलेषकहरूको सुन्ने हो भने आउने दिनमा यस्ता रोबोटहरू सहयोग पनि हुने एवं खतरनाक पनि हुन सक्ने बताउदैछन्।

एआईमा आधारित यस्ता अबिष्कारहरूले मावनका काममा ठुलै सहयोग त गर्ने नै छ तर धेरै मावनहरू जो तल्लो स्तरमा जिविकोपार्जन गर्दैछन्, उनिहरू विस्तापित हुने डर छ। तर यसलाई हल गर्ने सरोकारवालाहरूले अग्रिम तैयारी सुरू गर्नु पर्छ। आफ्ना जनशक्तिहरूलाई अझै शसक्त, दक्ष र क्षमतावान बनाउन तिर लगानी गरि यस्ता विकसित हुदै गरेको प्रविधिहरूलाई उपयोग गरि नयाँ युगमा विकसित बन्न सक्नु पर्छ। फिगर १, एक नयाँ युगको विजारोपण जस्तै बुझ्नु पर्छ। यसमा राम्रो र नराम्रो पक्ष दुबै छन भनि विशलेषकको भनाई रहेको छ। ओपेन एआईसंगको सहकार्यमा फिगर कम्पनिले मावनयन्त्रलाई अझै प्रभावकारी र उपयोग बनाउने तैयारीमा रहेको देखिन्छ, साथै यस प्रविधिमा लगानीकर्ताहरूको आकर्षण बढ्दै गएको पनि पाइएको छ।


https://youtu.be/25UAU2PyeN4?si=Ya981fZssUD2qoyQ


News Source : PCMAG